सुन तोलामा १३ सयले बढ्यो, चाँदी घट्यो

 सुन तोलामा १३ सयले बढ्यो, चाँदी घट्यो

काठमाडौंं । नेपाली बजारमा मंगलबार (आज) सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन तोलामा १३ सय रुपैयाँले बढेको हो ।

आजका लागि सुनको मूल्य तीन लाख १४ हजार ८०० रुपैयाँ निर्धारण गरिएको छ ।

अघिल्लो दिन तीन लाख १३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर प्रतितोला पाँच हजार ५८५ रुपैयाँ कायम भएको छ ।

हिजो पाँच हजार ५९५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *