नेकपा केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य विनोद पहाडी एमाले प्रवेश, विष्णु पौडेलले गरे स्वागत
रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा पूर्व संविधानसभा सदस्य विनोद पहाडी नेकपा (एमाले) प्रवेश गरेका छन्।
उनीलाई एमाले उपाध्यक्ष विष्णु पौडेल, सचिव छविलाल विश्वकर्मा र नेता लिला गिरीले पार्टीमा स्वागत गरेका हुन्। पहाडी राष्ट्रिय दलित पत्रकार महासंघका अध्यक्षसमेत हुन्।
एमाले प्रवेश गर्दै पहाडीले राष्ट्रिय स्वाभिमानका विषयमा एमालेको दृढ अडानका कारण आफूले पार्टी रोजेको बताए। उनले एमालेमाथि भइरहेको घेराबन्दी र आक्रमण लोकतन्त्र तथा गणतन्त्रमाथिको आक्रमण भएको टिप्पणी गरे।
पहाडीले कुनै लोभ वा लहडका आधारमा नभई विचार र सिद्धान्तका आधारमा एमालेमा प्रवेश गरेको स्पष्ट पारे।
उनसँगै नेकपा रूपन्देही सदस्य सरोज गौतम र नगर सदस्य जनक गौतम पनि एमाले प्रवेश गरेका छन्।
