देशभर शान्तिपूर्ण रूपमा मतदान सम्पन्न
काठमाडौं । प्रतिनिधिसभाका लागि भएको मध्यावधि निर्वाचनको मतदान सकिएको छ।
बिहान ७ बजेदेखि देशका १६५ वटा निर्वाचन क्षेत्रमा भएको मतदान अहिले अपरान्ह ५ बजे सकिएको हो ।
तर निर्वाचन आयोगले मतदान केन्द्रमा पुगिसकेका मतदालाई अझै केही समय मत हाल्न दिनेछन् ।
निर्वाचन आयोगका अनुसार अपरान्ह साढे ४ जबेसम्म ९० लाख ३६ हजार मत खसेको थियो ।
सबैभन्दा धेरै काठमाडौं उपत्यकमा ५७ प्रतिशत मत खसेको थियो । मधेसमा कम ४० प्रतिशत मतदान भएको थियो। त्यसबेलासम्म समग्रमा ४८ प्रतिशत मतदान भएको थियो ।
उता कोशीमा ४९, बागमतीमा ४९, गण्डकीमा ४९, लुम्बिनी र कर्णालीमा ५०–५० तथा सुदूरपश्चिममा ४७ प्रतिशत मतदान भएको थियो ।
