समानुपातिकतर्फ ३९ हजार ४८३ मतगणना, रास्वपालाई २२ हजार ४४२ मत

 समानुपातिकतर्फ ३९ हजार ४८३ मतगणना,  रास्वपालाई २२ हजार ४४२ मत

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । हालसम्म प्रत्यक्षतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले १६ सिटमा जित हासिल गरिसकेको छ भने १०० सिटमा अग्रता लिइरहेको छ ।

िनेपाली कांग्रेसले ४ सिटमा जित निकाल्दा ११ सिटमा अग्रता लिएको छ भने नेकपा एमालेले १ सिटमा जित र १३ क्षेत्रमा अग्रता बनाएको छ । यस्तै नेपाली कम्युनिस्ट पार्टीले २ सिट जितेको छ भने १० क्षेत्रमा अग्रता लिइरहेको छ । श्रम संस्कृति पार्टी ३ क्षेत्र र राप्रपा १ क्षेत्रमा अग्रस्थानमा छन् ।

केही क्षेत्रमा समानुपातिकतर्फको मत समेत गणना भइरहेको छ । समानुपातिकतर्फ पनि रास्वपाकै पक्षमा लहर देखिएको छ । हालसम्म ३९ हजार ४८३ मत गणना हुँदा रास्वपाले २२ हजार ४४२ मत प्राप्त गरेको छ । कांग्रेसले ७ हजार ५०५, राप्रपाले ३ हजार १६९, एमालेले २ हजार ९९०, श्रम संस्कृतिले ९६०, नेपाली कम्युनिस्ट पार्टीले ९५१, राष्ट्रिय परिवर्तन पार्टीले ५३५ र नेपाल मजदुर किसान पार्टीले १६६ मत पाएको निर्वाचन आयोगले जनाएको छ ।

 

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *