बाँके २ मा एमालेको खाता खुल्यो, मोहम्मद इस्तियाक राई निर्वाचित

 बाँके २ मा एमालेको खाता खुल्यो, मोहम्मद इस्तियाक राई निर्वाचित

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रमसँगै नेकपा (एमाले)ले बाँके क्षेत्र नम्बर २ बाट आफ्नो जितको खाता खोलेको छ।

एमालेका उम्मेदवार मोहम्मद इस्तियाक राई भारी मतान्तरले विजयी भएका हुन्। राईले २४ हजार ६४७ मत प्राप्त गरी आफ्नो जित सुनिश्चित गरेका हुन्।

राईका मुख्य प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार विवेककुमार श्रेष्ठ रहेका थिए। श्रेष्ठले १८ हजार ६७९ मत प्राप्त गरेका छन्। रास्वपाको कडा चुनौतीका बाबजुद राईले झण्डै ६ हजारको मतान्तरले विजय हासिल गरेका हुन्।

विजयी भएका मोहम्मद इस्तियाक राई निर्वाचनको केही समयअघि मात्रै जनता समाजवादी पार्टी (जसपा) परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका थिए।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *