काठमाडौँ–६ बाट रास्वपाका शिशिर खनाल पुनः निर्वाचित

 काठमाडौँ–६ बाट रास्वपाका शिशिर खनाल पुनः निर्वाचित

काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शिशिर खनाल भारी मतान्तरका साथ विजयी भएका छन्। बिहीबार सम्पन्न मतगणनाको अन्तिम नतिजा अनुसार खनालले आफ्ना निकटतम प्रतिस्पर्धीलाई ठूलो अन्तरले पछि पार्दै विजय हासिल गरेका हुन्।

पूर्व शिक्षामन्त्री समेत रहेका खनालले २७ हजार ७११ मत प्राप्त गरी प्रतिनिधिसभा सदस्यमा आफ्नो स्थान सुरक्षित गरेका छन्। यद्यपि, निर्वाचन अधिकृतको कार्यालयबाट यसको औपचारिक घोषणा हुन भने बाँकी छ।

काठमाडौँका अन्य क्षेत्रहरूमा झैँ क्षेत्र नम्बर ६ मा पनि रास्वपाको ‘घण्टी’ ले आफ्नो बलियो उपस्थिति प्रमाणित गरेको छ। खनालले निकटतम प्रतिद्वन्द्वी कांग्रेसका बानियाँभन्दा झण्डै २१ हजार बढी मत प्राप्त गरेका छन्। यस जितले काठमाडौँका सहरी क्षेत्रमा रास्वपाप्रति मतदाताको भरोसा अझ सुदृढ भएको संकेत गरेको छ।

पछिल्लो समय काठमाडौँ–८ मा विराज भक्त श्रेष्ठ र रुकुम पूर्वमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ को जितसँगै निर्वाचनको अन्तिम नतिजाहरू आउने क्रम तीव्र बनेको छ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *