झापा ५ मा बालेन शाहको ऐतिहासिक जित, ४९ हजार मतान्तर
काठमाडौं । झापा–५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बालेन्द्र शाह बालेन निर्वाचित भएका छन् । बालेनले ६८ हजार ३४८ मत ल्याएर निर्वाचित भएका हुन् ।
एमालेका अध्यक्ष समेत रहेका केपी शर्मा ओलीले १८ हजार ७३४ मत ल्याए । बालेन र ओलीबीचको मतान्तर ४९ हजार ६१४ छ ।
