नेपालको नयाँ सरकारसँग सहकार्य गर्न भारत तयार छ: मोदी

 नेपालको नयाँ सरकारसँग सहकार्य गर्न भारत तयार छ: मोदी

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको नयाँ सरकारसँग नजिकबाट काम गर्ने बताएका छन् ।

“घनिष्ठ मित्र र छिमेकीको रूपमा, भारत साझा शान्ति, प्रगति र समृद्धिको नयाँ उचाइमा पुग्न नेपालका जनता र उनीहरूको नयाँ सरकारसँग नजिकबाट काम गर्ने आफ्नो प्रतिबद्धतामा अडिग छ,” मोदीले एक्समा लेखेका छन् ।

उनले निर्वाचन सफल र शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा नेपालका जनता र सरकारलाई हार्दिक बधाई समेत दिएका छन् । “मेरा नेपाली दिदीबहिनी र दाजुभाइहरूले आफ्नो लोकतान्त्रिक अधिकार यति जीवन्त रूपमा प्रयोग गरेको देख्दा खुसी लाग्छ ।”

नेपालमा भएको सफल निर्वाचनलाई मोदीले ऐतिहासिक कोशेढुंगा भन्दै नेपालको लोकतान्त्रिक यात्रामा गर्वको क्षण भएको बताएका छन् ।

 

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *