सुनको मूल्य तोलामा ३८ सयले बढ्यो
काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य मूल्य ३८ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार ९फागुन २६) सुनको मूल्य ३८ सयले बढेर प्रतितोला तीन लाख १७ हजार रुपैयाँ निर्धारण गरिएको छ ।
अघिल्लो दिन प्रतितोला तीन लाख १३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य तोलामा ३१० रुपैयाँले बढेर पाँच हजार ७२० रुपैयाँ तोकिएको छ ।
अघिल्लो कारोबार दिनमा पाँच हजार ४१० रुपैयाँ तोकिएको थियो ।
