चैत ६ र ७ गते भक्तपुर फिल्म फेस्टिभल हुँदै

 चैत ६ र ७ गते भक्तपुर फिल्म फेस्टिभल हुँदै

काठमाडौं । भक्तपुरमा चैत ६ र ७ मा ‘भक्तपुर फिल्म फेस्टिभल हुने भएको छ । भक्तपुरका युवा चलचित्रकर्मीहरूको समूहले पहिलोपटक यो फेस्टिभल आयोजना गर्न लागेको हो ।

किरण किलम्बू, सफल वैद्य, स्मित गिरी, विकेश प्रजापति, सक्षम केसी, प्रवीण टक्कीलगायतको समूहले यो महोत्सव आयोजना गर्न लागेको हो । भक्तपुरको कला र साहित्यलाई विकास गर्ने र नयाँ चलचित्रकर्मीलाई प्लेटफर्म दिने उद्देश्यले यो महोत्सव आयोजना गरिएको महोत्सव निर्देशक किरण किलम्बूले बताए ।

दुई दिने यो महोत्सवमा २४ वटा चलचित्र देखाइने छन् । नवीन सुब्बा निर्देशित ‘गाउँ आएको बाटो’ देखाउँदै महोत्सव सुरु हुनेछ । महोत्सवमा सुजित बिडारी निर्देशित ‘ऐना झ्यालको पुतली’देखि अंकित पौडेलको ‘सङ अफ क्लाउड्स’, किरण श्रेष्ठको ‘एट एनोदर विन्टर’, राजन कठेत र सुनीर पाण्डे निर्देशित डकुमेन्ट्री ‘ढोरपाटन’लगायत चलचित्र देखाइनेछ ।

सन्देश भुर्तेलको डकुमेन्ट्री ‘मदर रेबिका’ समापन सिनेमा हुनेछ ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *