मार्च २८ देखि आईपीएलको नयाँ सिजन

 मार्च २८ देखि आईपीएलको नयाँ सिजन

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को २०२६ संस्करण आगामी मार्च २८ देखि सुरु हुने भएको छ। प्रतियोगिताको उद्घाटन खेल बेंगलुरुमा हुनेछ भने फाइनल पनि त्यहीँ आयोजना गरिने तय गरिएको छ।

सार्वजनिक तालिका अनुसार उद्घाटन खेलमा बेंगलुरु रोयल च्यालेन्जर्स (आरसीबी) र हैदरावाद सनराइजर्स आमनेसामने हुनेछन्। यस सिजनमा १० टोली सहभागी हुने छन्। प्रतियोगितामा कुल ८४ खेल खेलाइनेछन् ।प्रतियोगिताको फाइनल खेल मे ३१ मा हुनेछ। उद्घाटन खेलपछि मार्च २९ मा मुम्बई इन्डियन्स र कोलकाता नाइट राइडर्स बीच प्रतिस्पर्धा हुनेछ। त्यसपछि मार्च ३० मा चेन्नई सुपर किंग्स र राजस्थान रोयल्स आमनेसामने हुने तालिका छ।

यसपटक खेल तालिका दुई चरणमा सार्वजनिक गरिएको छ । सुरुवाती केही साताका खेलहरूको तालिका मात्र सार्वजनिक गरिएको हो । भारतका केही राज्यमा हुने निर्वाचनका कारण बाँकी खेलहरूको तालिका पछि सार्वजनिक गरिने जनाइएको छ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *