बैठकमा बोल्दा ढलेका एमाले नेता थापाको मृत्यु
काठमाडौं । नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन भएको छ।
उनी बिहीबार एमाले कास्की जिल्ला कमिटीको बैठकमा बोल्दाबोल्दै अचानक ढलेपछि उनलाई पोखरास्थित मणिपाल शिक्षण अस्पताल लगिएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको एमाले कास्कीका अध्यक्ष वैनबहादुर अधिकारीले जानकारी दिए।
थापा पोखरा महानगरपालिकाका पूर्वमेयर हुन्। उनी २०५४ सालमा पोखराको मेयरमा निर्वाचित भएका थिए। कास्की जिल्ला कमिटीका पूर्वअध्यक्ष समेत रहेका थापा जनआन्दोलनपछि भएको एमालेको महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका थिए।
