एमाले अध्यक्ष ओलीलाई पितृ शोक
काठमाडौँ- पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।
ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान गठ्ठाघरस्थित एक अस्पतालमा निधन भएको हो ।
अस्पताल स्रोतका अनुसार केही समय यता मोहनप्रसाद ओली अस्वस्थ थिए ।
उनको पार्थिव शरीरलाई ओली निवास गुण्डुमा लैजाने तयारी गरिएको छ। साथै आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ ।
स्वर्गीय ओलीका दुई छोरा तीन छोरी छन् ।
