समृद्धि स्कुलको आयोजनामा अन्तरविद्यालयस्तरीय चित्रकला, समूह नृत्य तथा समूह कविता वाचन प्रतियोगिता सम्पन्न
काठमाडौं । काठमाडौँको बालाजुस्थित समृद्धि स्कुलको आयोजनामा अन्तरविद्यालयस्तरीय चित्रकला, समूह नृत्य तथा समूह कविता वाचन प्रतियोगिता सम्पन्न भएको छ । विद्यालयको उच्च व्यवस्थापन, अभिभावक तथा विषयविज्ञहरूको उपस्थितिमा सम्पन्न कार्यक्रममा काठमाडौंका विभिन्न २० वटा विद्यालयबाट विद्यार्थीहरूले सहभागिता जनाएका थिए ।
चित्रकला प्रतियोगितामा बेला स्कुलका सर्वोकृष्ट महर्जन प्रथम भए भने आरम्भ मन्टेश्रीका सम्राट सुन्दास द्वितीय र एन्जल्स भ्याली मन्टेश्रीका तपश्य बिष्ट तृतीय भएका थिए ।
त्यसैगरी समूह नृत्य प्रतियोगितामा आरम्भ मन्टेश्री प्रथम, फर्स्ट स्टेप द्वितीय र सुपरनोभा प्रि–स्कुलले तृतीय स्थान हासिल गर्न सफल भएका थिए।
समूह कविता वाचन प्रतियोगितामा स्वीट हार्ट मन्टेश्री प्रथम, पूर्ण कलश मन्टेश्री द्वितीय र रेडियन्ट मन्टेश्री स्कुल तृतीय भएका थिए।
चित्रकला प्रतियोगितामा राजकृष्ण महर्जन निर्णायक रहनुभएको थियो । यसैगरी समुह नृत्य प्रतियोगितामा रोहिया महर्जन, सितु fमहर्जन र श्रृष्टी महर्जनले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो ।
यसैगरी कविता वाचन प्रतियोगितामा राज कुमार निरौलाले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो ।
सबै प्रतियोगितामा सफल प्रतियोगिहरुलाई स्कुलका प्रवन्ध निर्देशक सन्दिप श्रेष्ठ, निर्देशक आशुतोष रिमाल, निर्देशक दिनेश महर्जन, निर्देशक चन्द्रमान महर्जन, निर्देशक विकास शाही र निर्देशक दिपेन्द्र उप्रेती लागयतले बधाई तथा प्रमाणपत्र, मेडल र नगद पुरस्कार प्रदान गर्नुभएको थियो ।
यस अवसरमा अभिभावक, विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।
