एयर डाइनेस्टी हेलिकोप्टर दुर्घटना: पाइलटसहित सबै यात्रु सकुशल रहेको कम्पनीको जानकारी

 एयर डाइनेस्टी हेलिकोप्टर दुर्घटना: पाइलटसहित सबै यात्रु सकुशल रहेको कम्पनीको जानकारी

काठमाडौं । एयर डाइनेस्टी हेली सर्भिसेज प्रा.लिले खोटाङमा बुधबार भएको हेलिकोप्टर दुर्घटनामा परेका पाइलटसहित सबै यात्रु सकुशल रहेको जनाएको छ ।

कम्पनीका वरिष्ठ प्रबन्धक बालकृष्ण पण्डितले हेलिकोप्टरमा सवारमध्ये ७२ वर्षीय काजीबहादुर राई सामान्य घाइते भएको बताए ।

हेलिकोप्टरमा काजीसहित ८२ वर्षीय बलबहादुर राई, ७७ का दलमणि राई, ८३ वर्षीय लक्ष्मी राई र ६३ वर्षीय सामला राई सवार थिए ।

आफन्तको शव गाडीबाट पठाएर उनीहरू भने हेलिकोप्टरमा गएका थिए ।

651992872_1444566043804773_8792602166485796149_n-1773830512.png

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *