रास्वपा सांसदलाई रविको अभिमुखीकरण: अब्बल बन्नुस्, अनुसन्धान नगरी नबोल्नुस्

 रास्वपा सांसदलाई रविको अभिमुखीकरण: अब्बल बन्नुस्, अनुसन्धान नगरी नबोल्नुस्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना सांसदहरुलाई संयमितता अपनाउन आग्रह गरेका छन् ।

बुधबार अभिमुखीकरण कार्यक्रममा पुगेर लामिछानेले  आफ्नो क्षेत्रमा सांसदहरूलाई अब्बल हुन बताउँदै सरकार बनेको बेलुकाबाट ढाल्न विभिन्न शक्तिहरू परिचालित हुने बताए ।

‘सरकार बनेको बेलुकाबाट सरकार ढाल्न विभिन्न शक्तिहरू लाग्छन् यसमा तपाईँहरू सचेत हुनुपर्छ। यो साहिदहरूले रगत बगाएर आएको चुनाव हो। यसमा जथाभाबी अभिव्यक्ति दिने र अनुसन्धान नगरी बोल्ने काम नगर्नु ।’ लामिछानेले भने,’सञ्चारमाध्यममा बोल्न रमाइलो लाग्छ आफ्ना बारेमा समाचार आउँदा रमाइलो लाग्छ तर भोट दिएका जनताले तपाईंले के बोल्नुहुन्छ र के गर्नुहुन्छ ख्याल गरिरहनु भएको छ । आफूले दिएको अभिव्यक्तिले कुन क्षेत्रमा के प्रभाव पारेको छ त्यसलाई निर्क्योल गर्नुहोला। जिम्मेवार सांसद जिम्मेवार राजनीतिकर्मी र जिम्मेवार प्रतिनिधिसभाको सांसद भएको नाताले सबै कुराहरू ख्याल गर्नुहोस् ।’

उनले अगाडि भने, ‘तपाईँहरू जिम्मेवारी भन्दापछि हटेर पहिलाको जस्तै अभिव्यक्ति दिन्छु भन्नुहुन्छ भने तपाईँहरू सांसदको भूमिकाबाट अलगिनुहोस्।’

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *