संकटा क्लबको विजयी सुरुआत, एनआरटीलाई चार गोल

 संकटा क्लबको विजयी सुरुआत, एनआरटीलाई चार गोल

काठमाडौं । सहिद स्मारक एन्फा महिला लिगको उद्घाटन खेलमा संकटा क्लबले न्युरोड टिम (एनआरटी) माथि ४–० को प्रभावशाली जित दर्ता गरेको छ।

ललितपुरको च्यासल रंगशालामा बुधबार सम्पन्न खेलमा संकटाले सुरुदेखि नै आक्रामक प्रदर्शन गर्दै खेल आफ्नो नियन्त्रणमा राखेको थियो। पहिलो हाफमै दुई गोल गरेको संकटाले दोस्रो हाफमा थप दुई गोल गर्दै सहज जित निकालेको हो।

खेलको पाँचौँ मिनेटमै  विन थिंगाई टुनले गोल गर्दै संकटालाई अग्रता दिलाइन्। त्यसपछि २६औँ मिनेटमा लुसिया लीला जोस मोकाम्बिकेले दोस्रो गोल थपिन् भने लगत्तै २८औँ मिनेटमा सुक्रिया मियाले गोल गर्दै संकटाको अग्रता ३–० पुर्‍याइन्।

दोस्रो हाफमा पनि संकटाको दबाब जारी रहँदा ५२औँ मिनेटमा  क्विनाबेल अकोसोए अमानक्राहले गोल गर्दै टोलीको जित सुनिश्चित गरिन्।

जितसँगै संकटा क्लबले लिगमा विजयी सुरुआत गर्दै तीन अंक बटुलेको छ भने एनआरटीले भने पराजयबाट प्रतियोगिताको  सुरुवात  गरेको छ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *