सेयर बजार दोहोरो अंकले उकालो, कुल कारोबार १४.८३ अर्ब रुपैयाँभन्दा बढी

 सेयर बजार दोहोरो अंकले उकालो, कुल कारोबार १४.८३ अर्ब रुपैयाँभन्दा बढी

काठमाडौं । साताको तेस्रो कारोबार दिन (चैत १०) सेयर बजार दोहोरो अंकले बढेको छ। नेप्से परिसूचक २३.८३ अंकले उकालो लागेर २९६०.४० विन्दुमा कायम भएको छ। यसअघि सोमबार (चैत ९) बजार ५.०१ अंकले बढेर २९३६.५६ विन्दुमा थामिएको थियो।

यस दिन ३४१ कम्पनीको कुल तीन करोड ५८ लाख २२ हजार १९१ कित्ता सेयर १ लाख २६ हजार ९४७ पटक किनबेच भयो। कुल कारोबार रकम १४ अर्ब ८३ करोड ९१ लाख रुपैयाँभन्दा बढी पुगेको नेप्सेले जनाएको छ। अघिल्लो दिनको कारोबार १५ अर्ब ७८ करोड रुपैयाँ थियो।

विशेष रूपमा, सालपा विकास बैंक र रिलायन्स स्पिनिङ मिल्सका सेयरले सकारात्मक सर्किट लेभलमा कारोबार गरेको छ। त्यस्तै, सोलु हाइड्रोपावर, हिमालयन पावर र भुजुङ हाइड्रोपावरका लगानीकर्ताले धेरै नाफा कमाएका छन्।

उता फर्स्ट माइक्रोफाइनान्स, मनकामना इन्जिनियरिङ हाइड्रोपावर, मेरो माइक्रोफाइनान्स र ग्रामीण डिबेन्चरका लगानीकर्ताले सबैभन्दा धेरै घाटा व्यहोरेका नेप्सेले जनाएको छ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *