रवि लामिछाने प्रकरण: रिटमाथि सुनुवाइ हेर्दाहेर्दैमा

 रवि लामिछाने प्रकरण: रिटमाथि सुनुवाइ हेर्दाहेर्दैमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता सविता भण्डारीको निर्णयविरुद्धको रिट हेर्दाहेर्दै बिहीबारलाई पेसी तोकिएको छ ।

मंगलबार पनि बहस जारी रहेपछि हेर्दाहेर्दैमा राखिएको सर्वोच्च अदालतले जनाएको छ ।

सोमबारबाट सुरु भएको सुनुवाइ रिट निवेदकतर्फको बहस सकिएको छ । रिट निवेदकका तर्फवाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, सुरेन्द्र भण्डारी, टिकाराम भट्टराई, अधिवक्ताहरू टिका कुँवर,उपेन्द्र राउत र अनुपम भट्टराईले बहस गरे । सोमबार र मंगलबार रिट निवेदकका तर्फबाट बहस भएको र बिहीबारदेखि सरकारी वकिलले बहस गर्ने जनाइएको छ ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *