अमेरिकी विशेष दूत गोर र रवि लामिछानेबीच टेलिफोन वार्ता

 अमेरिकी विशेष दूत गोर र रवि लामिछानेबीच टेलिफोन वार्ता

काठमाडौं । दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी विशेष दूत सर्जिओ गोर र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने बीच टेलिफोन वार्ता भएको छ।

काठमाडौंस्थित अमेरिकी दूतावास का अनुसार मंगलबार (चैत १०) भएको उक्त वार्तामा द्विपक्षीय सम्बन्ध र सहकार्यका विविध विषयमा छलफल गरिएको थियो।

वार्ताका क्रममा विशेष दूत गोरले हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्राप्त सफलताका लागि रास्वपालाई बधाई दिएका थिए।

दूतावासद्वारा जारी विज्ञप्तिमा अमेरिकाले नेपालको नयाँ सरकारसँग सहकार्य गर्दै आर्थिक साझेदारी सुदृढ बनाउने तथा दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने इच्छा व्यक्त गरेको उल्लेख छ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *