मुस्ताङ हेलिकोप्टर सकुशल भेटियो
काठमाडौं । मुस्ताङ हेलिकोप्टर प्रा.ली. को हेलिकोप्टर सकुशल भेटिएको छ । शुक्रबार दिउँसो साढे १ बजेदेखि हेलिकोप्टर सम्पर्कविहीन भएको हेलिकोप्टर लाप्ची गुम्बा नजिक भेटिएको हो ।
हेलिकोप्टरमा सवार सबै सकुशल रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सन्तुष्टकुमार बस्नेतले बताए । मुस्ताङ हेलिकोप्टरको कलसाइन ९एन–एएनओ हेलिकोप्टर दोलखाको लाप्ची चरिकोट एरियाबाट सम्पर्कविहीन भएको थियो ।
क्याप्टेन सुरज थापाले उडाएको हेलिकोप्टरमा पाइलटसहित पाँचजना सवार थिए । हेलिकोप्टर बिहान काठमाडौंबाट दोलखातर्फ उडेको थियो ।
