हर्क साम्पाङको माग सिंहदरबार र सर्वोच्च अदालतमाथि आक्रमण गर्नेहरूलाई पनि उन्मुक्ति दिनु हुँदैन

 हर्क साम्पाङको माग सिंहदरबार र सर्वोच्च अदालतमाथि आक्रमण गर्नेहरूलाई पनि उन्मुक्ति दिनु हुँदैन

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सांसद हर्क साम्पाङले पछिल्ला राजनीतिक घटनाक्रमबारे प्रतिक्रिया दिँदै कानूनको दायरामा सबैलाई समान रूपमा ल्याउनुपर्ने बताएका छन्। उनले कुनै पनि कारबाही एकपक्षीय नभई समग्र घटनालाई आधार मानेर हुनुपर्नेमा जोड दिएका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले केपी शर्मा ओली र रमेश लेखक माथि भइरहेको कारबाहीलाई मात्रै केन्द्रित गर्नु पर्याप्त नहुने टिप्पणी गरेका छन्।

उनले विशेषगरी ‘जेन–जी’ आन्दोलनका क्रममा राज्यका संवेदनशील निकायहरूमाथि आक्रमण गर्ने योजना बनाउने व्यक्तिहरूलाई पनि खोजी गरी कानुनी कारबाही गर्नुपर्ने माग अघि सारेका छन्।

२४ गतेको घटनालाई उल्लेख गर्दै उनले सिंहदरबार, सर्वोच्च अदालतl र संसद् भवन जस्ता संरचनामाथि आक्रमण गर्ने योजनामा संलग्नहरूलाई समेत उन्मुक्ति दिन नहुने स्पष्ट पारेका छन् ।

उनको भनाइमा, न्यायिक प्रक्रियाले सबै पक्षलाई समेटेर अघि बढ्न सके मात्र विधिको शासनप्रति विश्वास कायम रहनेछ र यस्ता घटनाहरूको निष्पक्ष समाधान सम्भव हुनेछ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *