पूर्व राष्टपति भण्डरीको चेतावनी: ओली–लेखक पक्राउले बढ्न सक्छ अस्थिरता

 पूर्व राष्टपति भण्डरीको चेतावनी: ओली–लेखक पक्राउले बढ्न सक्छ अस्थिरता

काठमाडौं, १४ चैत । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी ले सरकारको पछिल्लो कदमप्रति असन्तुष्टि व्यक्त गर्दै उच्च तहका नेताहरूको पक्राउलाई गम्भीर र संवेदनशील निर्णयको रूपमा लिएकी छन्।

उनले जारी गरेको धारणा अनुसार, केपी शर्मा ओलीरमेश लेखक लाई तत्काल पक्राउ गर्ने निर्णयले राजनीतिक वातावरणमा अनावश्यक तनाव सिर्जना गर्न सक्ने संकेत देखिएको छ। भण्डारीले यस्तो कदमले दीर्घकालीन रूपमा अस्थिरता निम्त्याउन सक्ने चिन्ता व्यक्त गरेकी छन्।

कार्की आयोगको प्रतिवेदनकै विश्वसनीयतामाथि प्रश्न उठिरहेका बेला त्यसलाई आधार बनाएर हतारमा निर्णय लिनु उपयुक्त नदेखिएको उनको ठहर छ। उनले विधि, प्रक्रिया र संस्थागत परामर्शलाई बेवास्ता गरेर गरिएको निर्णयले लोकतान्त्रिक अभ्यास कमजोर बनाउन सक्ने बताएकी छन्।

भण्डारीले विशेष गरी सरकारलाई संयम अपनाउन र संवैधानिक मूल्य–मान्यताभित्र रहेर अघि बढ्न आग्रह गरेकी छन्। विधिको शासनप्रति जनविश्वास जोगाउन पनि यस्ता निर्णयहरू पुनरावलोकन गर्नुपर्ने उनको सुझाव छ।

उनले अन्त्यमा मुलुकको स्थायित्व र लोकतान्त्रिक प्रणालीलाई केन्द्रमा राखेर निर्णय लिन सरकारलाई सचेत गराएकी छन्।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *