प्रधानमन्त्री बालेन शाहले आज मन्त्रिपरिषद् बैठक बोलाए

 प्रधानमन्त्री बालेन शाहले आज मन्त्रिपरिषद् बैठक बोलाए

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज मन्त्रिपरिषद् बैठक बोलाएका छन्। सोमबार (आज) दिउँसो ४ बजे मन्त्रिपरिषद् बैठक बस्ने गरी बैठक बोलाएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन।

प्रधानमन्त्री बालेनको नेतृत्वमा नयाँ सरकार बनेपछि आज दोस्रो मन्त्रिपरिषद् बैठक बस्न लागेको हो। बैठक सिंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।

पहिलो मन्त्रिपरिषद्को बैठकले निर्णय गरेर सरकारका १०० दिने कामका कार्यसूची सार्वजनिक गरिसकेको छ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *