अब आवेदनकै दिन श्रम स्वीकृति, टोकन प्रणाली खारेज

 अब आवेदनकै दिन श्रम स्वीकृति, टोकन प्रणाली खारेज

काठमाडौं । वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकका लागि ठूलो राहतको खबर आएको छ। अबदेखि श्रम स्वीकृति लिन आवेदन दिएको दिनमै स्वीकृति पाइने भएको छ।

यसअघि दैनिक सीमित संख्यामा मात्र सेवा दिने टोकन प्रणालीमार्फत श्रम स्वीकृति प्रदान गरिँदै आएकोमा अब उक्त व्यवस्था पूर्ण रूपमा हटाइएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको निर्देशनपछि वैदेशिक रोजगार विभागले नयाँ प्रणाली लागू गरेको हो। विभागका अनुसार आवश्यक कागजात पूरा गरी आवेदन दिएमा सोही दिन श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति दुवै उपलब्ध हुनेछ।

आइतबार मन्त्री दिपक कुमार साहको उपस्थितिमा बसेको बैठकले सेवामा सुधार गर्दै प्रक्रिया छिटो, सरल र प्रभावकारी बनाउने निर्णय गरेको थियो।

सरकारले चैत १३ गते सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीअन्तर्गत श्रम क्षेत्रलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउने लक्ष्य राखिएको छ। सोहीअनुसार श्रमिकको हकहित संरक्षणका लागि विभिन्न कार्ययोजना अघि बढाइएको मन्त्रालयले जनाएको छ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *