एमालेको निरन्तर प्रदर्शन जारी, माइतीघरदेखि बबरमहलसम्म विरोध
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी अध्यक्ष केपी शर्मा ओली को पक्राउविरुद्ध आज पनि प्रदर्शन जारी राखेको छ।
राजनीतिक प्रतिशोधका आधारमा गैरकानुनी रूपमा ओलीलाई पक्राउ गरिएको आरोप लगाउँदै एमालेले आन्दोलनलाई निरन्तरता दिएको हो। सोही क्रममा नेता–कार्यकर्ताहरू काठमाडौंको माइतीघर मण्डला मा भेला भई बबरमहल तर्फ प्रदर्शन गरिरहेका छन्।
यसअघि एमालेका सचिव महेश बस्नेत ले माइतीघरमा हुने प्रदर्शनमा सहभागी हुन नेता–कार्यकर्तालाई अपिल गरेका थिए। उनले वर्तमान सरकार निरंकुश शैलीमा अघि बढिरहेको आरोप समेत लगाएका छन्।
ओली पक्राउ परेको दिन शनिबारदेखि नै एमालेले नियमित रूपमा विरोध प्रदर्शन गर्दै आएको छ। भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएका घटनामा प्रधानमन्त्रीका रूपमा जिम्मेवार ठहर गर्दै जाँचबुझ आयोगले अनुसन्धान सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा प्रहरीले ओलीलाई पक्राउ गरेको हो।
सूचना विभाग दर्ता नं. : ५०२७-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं. : ५०३२-२०८१/०८२
सञ्चालक/सम्पादक : सर्मिला टण्डन
अष्ट्रेलिया सम्पादक : मुक्तिराम पोखरेल
अमेरीका सम्पादक : दिपेन्द्र खड्का
आहा नेपाल डटकम
विजुली बजार, काठमाण्डौ
इमेल: aahanepal123@gmail.com
फोन: 9764632815
© Aaha Nepal 2026. All Rights Reserved. | Developed with ❤ by Technorio | नेपालमा बनेको !