दोहोरो अंकले घट्यो नेप्से, ७ कम्पनीको सेयरमा भने सकारात्मक सर्किट

 दोहोरो अंकले घट्यो नेप्से, ७ कम्पनीको सेयरमा भने सकारात्मक सर्किट

काठमाडौं । नेप्से परिसूचक सोमबार पनि दोहोरो अंकले घटेको छ। आज ४७.७१ अंकले घटेर २८३१.३९ विन्दुमा अडिएको छ।

यसदिन ३४१ वटा स्क्रिप्सको ३ करोड १६ लाख ६ हजार ७१७ कित्ता सेयर १२ अर्ब ९६ करोड ६६ लाख ५९ हजार १६८ रुपैयाँमा खरिदबिक्री भए। उच्च अंकले घटेको बजारमा ७ वटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

रिलायन्स स्पिनिङ मिल्स, भुजुङ हाइड्रो, रिज लाइज इनर्जी, होटल फोरेस्ट, सुपर खुदी हाइड्रोपावर, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक र सप्तकोसी विकास बैंकको सेयर १० प्रतिशतले बढ्यो।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *