ओली पक्राउ प्रकरण: सरकारका नाममा कारण देखाऊ आदेश जारी

 ओली पक्राउ प्रकरण: सरकारका नाममा कारण देखाऊ आदेश जारी

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको बन्दी प्रत्यक्षीकरण रिटमा सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले ओलीलाई जरुरी पक्राउ पुर्जी दिएर पक्राउ गर्नुको कारण पेस गर्न आदेश जारी गरेको छ ।

ओलीको हकमा उनको पत्नी राधिका शाक्यले दिएको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश जारी गरेको हो । उनीसँगै पक्राउ परेका पूर्वगृहमन्त्री रमेश लेखकको हकमा श्रीमती यशोदा लेखकले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा न्यायाधीश कुमार रेग्मीको एकल इजलासले पक्राउ गर्नुको कारण पेस गर्न आदेश भएको छ ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएको दमनमा जिम्मेवार ठहर गर्दै घटना जाँचबुझ आयोगले उनीहरू विरुद्ध मुद्दा चलाउन सिफारिस गरेको थियो । जाँचबुझ आयोगको प्रतिवेदनकै आधारमा वर्तमान सरकारले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई शनिबार पक्राउ गरेको थियो ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *