बीमितलाई विभेद गरे अस्पताललाई कडा कारबाही गर्ने बीमा बोर्डको चेतावनी

 बीमितलाई विभेद गरे अस्पताललाई कडा कारबाही गर्ने बीमा बोर्डको चेतावनी

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले बिमित नागरिकहरूलाई सेवा प्रवाहमा सास्ती र विभेद तत्काल नरोके कडा कारबाहीको चेतावनी दिएको छ ।

पछिल्लो समय केही सेवा प्रदायक स्वास्थ्य संस्थाहरूले बिमा गरेका नागरिकहरूलाई सेवा दिन ढिलासुस्ती गर्दै  विभेदपूर्ण व्यवहार  गरेको गुनासो बढेको थियो । यस्ता कार्य तत्काल रोक्न बोर्डले निर्देशन दिएको हो ।

बोर्डले सबै सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई पत्राचार गर्दै बिमितहरूको हकहित विपरीत कार्य नगर्न सचेत गराएको  छ ।

बोर्डका कार्यकारी निर्देशक डा. कृष्ण प्रसाद पौडेलद्वारा जारी सूचनामा भनिएको छ,” यस्ता गतिविधिहरू स्वास्थ्य बीमा ऐन, २०७४ र स्वास्थ्य बीमा नियमावली, २०७५ विपरीत छन् ।  अनुगमनका क्रममा कुनै पनि स्वास्थ्य संस्थाले नियम विपरीत कार्य गरेको प्रमाणित भएमा स्वास्थ्य बिमा ऐन, २०७४ को दफा (१२) को उपदफा (१) खण्ड –ख) बमोजिम कडा कानुनी कारबाही हुनेछ।”

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *