कोशीका सांसदसँग प्रधानमन्त्रीको छलफल: क्षेत्रगत समस्या पहिचान गरी समाधानको खाका तयार पारिने

 कोशीका सांसदसँग प्रधानमन्त्रीको छलफल: क्षेत्रगत समस्या पहिचान गरी समाधानको खाका तयार पारिने

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले कोशी प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग क्षेत्रगत समस्या र समाधानका उपायबारे छलफल गरेका छन् ।

सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित छलफलमा कोशी प्रदेशका सबै सांसदहरू सहभागी भएका थिए । बैठकमा प्रदेशका समग्र समस्या तथा प्रत्येक निर्वाचन क्षेत्रका विशिष्ट चुनौतीहरूबारे विस्तृत रूपमा जानकारी प्रस्तुत गरिएको थियो ।

छलफलका क्रममा सांसदहरूले आफ्नो–आफ्नो क्षेत्रका पूर्वाधार, सेवा प्रवाह, विकास आयोजना तथा स्थानीयस्तरका विभिन्न समस्याहरूबारे समग्र विवरण प्रधानमन्त्रीसमक्ष राखेका थिए ।

प्रधानमन्त्रीले प्रस्तुत समस्याहरूलाई प्राथमिकताका आधारमा वर्गीकरण गर्दै उपलब्ध स्रोत र बजेटअनुसार चरणबद्ध रूपमा समाधान गर्ने ढाँचामा अघि बढ्ने तयारी गरेको जानकारी गराएका छन् । साथै तत्काल समाधान आवश्यक पर्ने विषयहरू पहिचान गरी छिटो कार्यान्वयन गर्ने विषयमा समेत ध्यान केन्द्रित गरिएको जनाइएको छ ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *