हिरासतमा रहेका दीपक खड्का अस्पताल भर्ना

 हिरासतमा रहेका दीपक खड्का अस्पताल भर्ना

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री दीपक खड्का लाई स्वास्थ्य समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा हिरासतमा रहेका उनलाई उपचारका लागि नर्भिक अस्पतालले उनलाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको हो।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अदालतबाट ७ दिनको म्याद लिएर उनलाई प्रहरी प्रभाग पुल्चोकको हिरासतमा राखेको थियो। गएराति करिब साढे १२ बजेतिर लगातार बान्ता भएपछि अनुसन्धान अधिकृतसँगको समन्वयमा उनलाई नर्भिक अस्पताल लगिएको थियो।

नर्भिकमा प्रारम्भिक उपचारपछि पनि अवस्था सुधार नभएपछि उनलाई शिक्षण अस्पताल रिफर गरिएको हो। हाल शिक्षण अस्पतालमा उनको उपचार भइरहेको विभागले जनाएको छ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *