दार्चुलामा जीप दुर्घटना: दुई सरकारी कर्मचारीको घटनास्थलमै मृत्यु

 दार्चुलामा जीप दुर्घटना: दुई सरकारी कर्मचारीको घटनास्थलमै मृत्यु

काठमाडौँ । ओसिलबाट गोकुलेश्वरतर्फ गइरहेको जीप शैल्यशिखर नगरपालिका- ४ ओसिल क्षेत्रमा दुर्घटना हुँदा त्यसमा सवार दुई जना सरकारी कर्मचारीको घटनास्थलमा मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार दुर्घटनामा परी जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय दार्चुलामा कार्यरत इन्जिनियर मनिषा चन्द र वरिष्ठ प्रशासकीय अधिकृत भरतबहादुर तितराको घटनास्थलमा मृत्यु भएको हो । कामको सिलसिलामा उनीहरू काडापारीबाट ओसिलतर्फ जानलागेको जनाइएको छ ।

दुर्घटनामा अन्य चार जना घाइते भएका छन् । उनीहरूको गोकुलेश्वरस्थित गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *