सुनको मूल्य प्रतितोला २ लाख ९० हजार नाघ्यो
काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा ६ हजार ७०० र चाँदी १४५ रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९० हजार २०० र त्यति नै परिमाणको चाँदीको मूल्य ४ हजार ८४५ रुपैयाँ कायम भएको छ ।
हिजो सोमबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँ र त्यति नै परिमाणको चाँदी ४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
गत आइतबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८६ रुपैयाँ हजार र त्यति नै परिमाणको चाँदीको मूल्य ४ हजार ७२० रुपैयाँ कायम भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ४ हजार ५६० र त्यति नै परिमाणको चाँदी ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
