ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउने विरुद्ध परेको रिट खारेज

 ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउने विरुद्ध परेको रिट खारेज

काठमाडौं । निवर्तमान गृहमन्त्री एवं अधिवक्ता ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउने सिफारिस विरुद्ध परेको रिट निवेदन सर्वोच्च अदालतबाट खारेज भएको छ ।

अधिवक्ता मनिषकुमार श्रेष्ठ र बासु खड्काले दायर गरेको रिट निवेदन बुधबारको सर्वोच्च अदालतको संवैधानिक इजलासले खारेज गरेको हो ।

कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल सहित न्यायाधीशहरु कुमार रेग्मी, हरि फुयाल, डा. मनोजकुमार शर्मा र डा. नहकुल सुवेदीको इजलासले प्रारम्भिक सुनुवाइपछि नै निवेदन खारेज गरेको हो ।

१ चैतको मन्त्रिपरिषद बैठकले राष्ट्रिय सभा सदस्यमा तत्कालीन गृहमन्त्री अर्याललाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *