व्यवसायीले १४.२ किलोकै ग्यास सिलिन्डर बेच्ने

 व्यवसायीले १४.२ किलोकै ग्यास सिलिन्डर बेच्ने

Empty Liquefied Petroleum Gas (LPG) cylinders are seen at a gas distribution centre in Dujana village, India, on October 7, 2015. Photo: Reuters

काठमाडौं । बजारमा देखिएको एलपी ग्यास आपूर्ति असन्तुलनका बीच सरकारले अघि सारेको ‘आधा सिलिन्डर’ (७.१ किलो) नीति कार्यान्वयनमा नआउने भएको छ।

ग्यास व्यवसायीहरूले सरकारको निर्णय अस्वीकार गर्दै आगामी सोमबारदेखि पुनः १४.२ किलो (पूरा) तौलका सिलिन्डर नै बजारमा बिक्री गर्ने घोषणा गरेका छन्।

ग्यास विक्रेता महासंघ र नेपाल एलपी ग्यास उद्योग संघको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो।

उद्योगीहरूका अनुसार हाल ग्यास बुलेटहरू उद्योगमै थन्किएका छन् र पूर्ण क्षमतामा सिलिन्डर बजार पठाउन कुनै समस्या छैन। तर आधा सिलिन्डर नीतिका कारण मौज्दात ग्याससमेत प्रभावकारी रूपमा वितरण हुन सकेको छैन।

व्यवसायीहरूले चेतावनी दिँदै भनेका छन् कि यदि वर्तमान अवस्था यथावत् रहे आगामी दुई महिनाभित्र देशमा ग्यासको गम्भीर अभाव हुन सक्छ। उनीहरूले सरकार र सम्बन्धित निकायसँग पटक–पटक छलफल गरे पनि ठोस पहल नभएको गुनासो गरेका छन्।

यता नेपाल आयल निगमले भने हाल तत्काल ग्यास अभाव नरहेको दाबी गर्दै सम्भावित संकटलाई ध्यानमा राखेर सावधानी अपनाइएको जनाएको छ। निगमले आपूर्ति प्रणाली सन्तुलनमा राख्न नीतिगत हस्तक्षेप आवश्यक रहेको बताउँदै आएको छ।

व्यवसायीहरूले भने डिजेल मूल्य समायोजन र ढुवानी खर्च व्यवस्थापन नगरेसम्म ग्यास कारोबार घाटामा जाने भन्दै आफ्ना माग सम्बोधन नभए थप कडा कदम चाल्ने संकेत गरेका छन्।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *