अष्ट्रेलियाको सवै state मा एभरेष्ट डे मनाइदै

 अष्ट्रेलियाको सवै state मा एभरेष्ट डे मनाइदै

अष्ट्रेलिया । अष्ट्रेलियामा रहेका सामाजिक संघसंस्थाहरुको साझा संगठनका रुपमा रहेको फेडेरेशन अफ नेप्लिज कम्युनिटी एसोसियसन अफ अष्ट्रेलिया फेन्काले नेपालको सगरमाथाको जानकारी सहित पर्यटन प्रवर्द्धन गर्ने उद्धेश्यकासाथ मे २९ र ३० मा अन्तराष्ट्रिय एभरेष्ट डे कार्यक्रमको आयोजना गरेको छ ।

अष्ट्रेलियाको सबै State मा विभिन्न कार्यक्रम गरेर मनाउने घोषणा गरिएको उक्त कार्यक्रममा
संसारको सबैभन्दा उच्च शिखर सगरमाथा नेपालमा रहेको र प्राकृतिक रुपले समेत नेपाल आकर्षक देश रहेकोबारे अन्तराष्ट्रिय समुदायलाई जानकारी दिने उद्धेश्य राखिएको फेन्काका उपाध्यक्ष एवं मुल कार्यक्रमका संयोजक कपिल पाण्डे ले जानकारी दिनुभयो ।

कार्यक्रम अष्ट्रेलियाका ८ वटै राज्यमा विभिन्न संघ संस्थाको सहयोगमा एकसाथ आयोजना गरिएको र अनलाईनबाट समेत कार्यक्रम सञ्चालन गरिने उपाध्यक्ष पाण्डे ले जानकारी दिनुभयो ।

यस्तै फेन्काका केन्द्रीय अध्यक्ष डा‌. मधुसुदन पुडासैनिले माउन्ट एभरेष्टका बारेमा देश तथा विदेशमा प्रचार प्रसार गर्ने, पर्यटन प्रवर्द्धन गर्दै नेपालको पर्यटन क्षेत्रलाई चलायमान बनाउन कार्यक्रम आयोजना गरिएको बताउनुभयाे । उहाँले पर्यटन क्षेत्रको प्रवर्द्धनसंगै नेपालको आर्थिक अवस्था सुधारमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

“पग्लँदै गरेको हिउँ, बढ्दो जिम्मेवारी” (Melting Ice, Rising responsibility) भन्ने नाराका साथ ३0 मे मा अष्ट्रेलियामा स्थानिय समय अनुसार विहानको ९.३० बजे देखी नेपाली कला संस्कृति झल्कने विविध कार्यक्रम गरी सगरमाथा डे मनाउने कार्यक्रम रहेको छ। 

यसैगरी अष्ट्रेलियामा रहेर सामाजिक कार्य गर्दै आउनु भएका रुपन्देहि सामाजिक संञ्जालका संरक्षक तथा न्यू साउथ वेल्सका कोर्डिनेंटर मुक्तिराम पोखरेलले सिड्नीको Five Dock  मा 30 मे मा विहान ९:३० बजेबाट कार्यक्रम सुरु हुने जानकारी दिनुभयो  ।

उहाँले नेपाली कला, संस्कृति झल्कने विभिन्न भेषभूषा सहित नेपाललाई चिनाउने विविधतायुक्त प्रस्तुती सहित एभरेष्ट डे मनाउने कार्यक्रम रहेको बताउनुभयो ।

नेपालको पर्यटन क्षेत्रलाई चलायमान बनाउन यस्ता कार्यक्रमहरुले सहयोग पुग्ने भन्दै उहाँले नेपालको हितका लागि पनि सबै सहभागि हुनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

उहाँले नेपाली समुदायले अष्ट्रेलियामा रहेर पनि नेपालको पयर्टन, कला, संस्कृति जर्गेना गर्ने र प्रचार प्रसार गर्ने कार्य गर्दै आएकोमा धन्यवाद ज्ञापन गर्दै समुदायका अगुवा, सामाजिक व्यक्तित्व, संघ संस्थाका प्रतिनिधि एवं सरोकारवालालाई यस्तो महत्वपूर्ण नेपाल चिनाउने कार्यक्रममा सहभागिता जनाउन अनुरोध समेत  गर्नु  भएको छ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *