आहा नेपाली फिल्म

 आहा नेपाली फिल्म

नेपालमा चलचित्रको सुरुवातताका २०३० को दशकमा खुब रुची राखेर हेरिन्थ्यो । त्यो समय नेपालमा अत्यन्तै सिमित टिभी सेट र सिनेमा घरहरु थिए । तिनै टिभी सेट र सिनेमा घरमा देबिखने र हेरिने भिडियो सामग्रीहरुमा हुने खानेहरुको पहुँच बढि थियो भने गरि खानेहरुको पहुँचमा धेरै न्यून । समयक्रमसंगै नेपालको सिनेमा क्षेत्रमा भित्रीएको नविनताले सिनेमाको क्षेत्रलाई फराकिलो बनाउँदै लग्यो भने सिनेमा हेर्ने माध्ययमहरु पनि बढ्दै गए । सिनेमा घरहरुको संख्या बढ्दै गयो । घर घरमा टिभी सेटहरु पनि धेरैको घरमा हुन थाले ।

नेपाली चलचत्रिको इतहिास त्यती पुरानो छैन । डीबी परयिारको सत्य हरशिचन्द्र’ नेपाली भाषामा छायाङ्कन भएको पहलिो चलचत्रि हो । यो कोलकातामा छायाङ्कन भएको थयिो । तर नेपाली सीनेमा को इतहिास हेर्ने हो भने नेपाल को पहलिो चलचत्रि भनेर आमा’ लाई लीइन्छ जुन २०२१ असोज २२ मा प्रदर्शनमा आएको थीयो । यस चलचत्रिलाई तत्कालीन श्री ५ को सरकार सूचना वभिागले नीर्माण गरेको थीयो । चलचीत्र हीरा सीहँ खत्रीले नीर्देशन गरेका थीए भने शीव शंकर मानन्धर र भुवन चन्दको मुख्य अभीनय रहेको थीयो ।

ततपस्चात निजी क्षेत्रबाट नेपालमा पहिलो चलचित्र निर्माण भयो ‘माईतिघर’ । यो चलचित्र २०२२ साल मा प्रदर्शनमा ल्याएको थियो ।
२०२७ मा आएर मात्र शाही नेपाली चलचित्र निगम को स्थापना भयो र निगमबाटै चलचित्र ‘मन को बाध’को निर्माण भयो । यो चलचित्र २०२९ मा प्रदर्शन मा आएको थियो ।
प्रताप सुब्बाको निर्देशनमा बनेको चलचित्र ‘परालको आगो’ (ब्ल्याक एन्ड ह्वाईट) चलचित्र निकै सफल भयो ।

चलचित्रमा नेपालको ईतिहासमा पहिलो इष्टम्यान कलर चलचित्रका रुपमा २०३४ सालमा चलचित्र ‘कुमारी’ निर्माण भयो । २०३६ सालमा सिन्दुर, जीवन रेखा हुँदै २०४० सालमा बदलिदो आकाश सम्म आईपुग्दा नेपाली चलचित्र निर्माणमा निजी क्षेत्रको सक्रियता बढिसकेको थियो ।

२०४६ को जनआन्दोलन पस्चात नेपालमा प्रजातन्त्र को स्थापना भयो । यसले क्रमिक रुपमा अगाडि बढ्दै गरेको नेपाली चलचित्र क्षेत्रलाई अझै माथी उठउन महत्वपूर्ण भूमिका खेल्यो ।

पचासको दशकमा सुस्ताएको नेपाली चलचित्र क्षेत्र २०६२÷२०६३ को जन–आन्दोलन र शान्ति स्थापनापछि पुन जुर्मुराउन थाल्यो । २०६६ पछि चलचित्र लूट, अन्दाज, चपली हाईट, नाइ नभन्नु ल २, कोहिनूर, कबड्डी कबड्डी, वडा नम्बर ६ लगायत सफल साबित भए । ए मेरो हजुर २, २ रुपैया, लूट २, ऐश्वर्य, छक्का पन्जा २ लागायतका चलचित्र पछिल्लो समयका चर्चित चलचित्रको लिस्टमा परेका चलचित्रहरु हुन ।

यसपछि झोला, बुलबुल लगायतका चलचित्रहरुले फरक स्वाद दिए । अझै फेरीँदै गएको नेपाली दर्शकहरुको चलचित्र प्रतिको दृष्टिकोणमा पछिल्लो समय सर्वाधिक चर्चा भएको र आम्दानी गर्न सफल चलचित्र सारङ्गीले छुट्टै पहिचान बनाएको छ । अहिले चलचित्रको निर्माण देखी हलसम्मको सुधारीएको प्रविधि र निर्माणको विधि तथा पद्धतीले आम दर्शकको साथ पाउन थालेको छ । यसले नेपाली चलचित्र उद्योगमा पनि केही आशा जगायको छ ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *