आहा नेपाली खाना

 आहा नेपाली खाना

यी खना पौष्टिकता र स्वादले भरिपूर्ण छन्

ढिडों
नेपालको ग्रामिण क्षेत्रमा मुख्य खानाको रुपमा रहेको र अहिले शहरी क्षेत्रमा धेरैले रुचायको खाना हो डिँडो । पहाड देखि उच्च पहाडी क्षेत्रका बासिन्दाको मुख्य खानाको रुपमा ढिंडो रहेको छ ।
मकैं, कोदो, फापर लगायत अन्य विभिन्न अन्नको पिठोलाई तातो पानीमा हाल्दै चलाएर पकाउने यो परिकार अहिले सहरका धनाड्या बर्गमा पनि निकै लोकप्रिय भएको छ ।

गुन्द्रुक र मुलाको सिन्कि
गुन्द्रुक अहिले धेरैको भान्छामा कुनै न कुनै रुपमा रहने गरेको छ । गुन्द्रुकको प्रचलन नेपालमा जुम्लाको सिंजा उपत्यकामा बसोबास गर्ने खस जातिको प्रिय खानाको रुपमा रहेको थियो । उनीहरुले नै यो खानालाई नेपालमा मात्र नभएर बिश्वमै लोकप्रिय बनाएको भनिन्छि ।

जुजु धौं
भक्तपुरमा मात्र बन्ने दहि जसलाई स्थानिय भाषामा जु जु धौं भनिन्छ । बनेको छोटो समयमै प्रयोग गरिसक्नु पर्ने स्वादको रुपमा रहेको जु जु धौं भए सम्म सबैको पहिलो प्राथमिकताको दहिको रुपमा रहेको छ ।

जिम्बु
हिमाली भेगमा पाईने जिम्बुलाई परिकारको रुपमा भन्दा पनि मसलाको रुपमा प्रयोग गरिदैं आएको छ । जिम्बुमा खानाको स्वादलाई बढाउने क्षमता भने राख्दैन केही खानाहरुमा यसको प्रयोग गरेमा त्यसले खानाको स्वादलाई नै अविश्मरणिय बनाउने गर्छ ।

छ्याङ
छ्याङ धार्मिक कार्य देखि पाहुनाको सत्कारमा नेपालका जातजातीमा नभै नहुने पेय पदार्थको रुपमा रहेको छ । जातिगत बिशेषमा बिशेष महिमा रहेको छ्याङलाई नेवार समूदायले नै अन्तराष्ट्रियकरण गर्न सफल भए । छ्याङ मुख्य रुपमा चामललाई पकाएर बनाएपनि केही जातिहरुले अरु अन्नको पनि बनाउने गर्छन् ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *