आहा नेपाल यी हुन नेपालका १० प्रमुख पर्यटकीय गन्तव्य

 आहा नेपाल यी हुन नेपालका १० प्रमुख पर्यटकीय गन्तव्य

आहा नेपाल
यी हुन नेपालका १० प्रमुख पर्यटकीय गन्तव्य

१) रारा ताल


रारा ताल एक पटक पुग्नै पर्ने स्थान हो । कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित राराताल नेपालको सबैभन्दा ठूलो र प्रसिद्ध ताल हो । रारा क्षेत्र मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिकामा पर्दछ । यो ताल समुद्र सतहदेखि दुई हजार ९७२ मिटर उचाइमा अवस्थित छ ।

२) पोखरा


पोखरा नेपालको सबैभन्दा लोकप्रिय पर्यटन स्थलमध्येको एक हो । हिमालयको काखमा रहेको पोखरालाई नेपालको पर्यटकीय राजधानी पनि मानिन्छ । यो विशेष पर्यटन गन्तव्यको सयर गर्न प्रत्येक वर्ष लाखौँ मानिस पोखरा आउँछन् ।

पोखरा काठमाडौँपछिको दोस्रो ठूलो पर्यटकीय सहर हो जुन ९०० मिटरको उचाइमा अवस्थित छ । हिमालयको प्रवेशद्वाराका रुपमा रहेको पोखराले यहाँ आउने पर्यटकहरुलाई आफ्ना सुन्दर स्थलहरुका साथै रोमाञ्चक खेलहरुबाट पनि साक्षात्कार गराउँछ ।

३) काठमाडौँ


काठमाडौँ नेपालको सांस्कृतिक राजधानी हो । यो एक अत्यन्त आकर्षक सहर पनि हो । यो सहर नेपालको यस्तो स्थान हो जसले पर्यटकलाई साँच्चै नै रोमाञ्चित बनाउँछ । एक हजार ४०० मिटरको उचाइमा रहेको यो सहर मठ, मन्दिर र आध्यात्मिकताका लागि प्रसिद्ध छ । पशुपति क्षेत्र, पाटन दरबार स्वायर, स्वयम्भू, भक्तपुर दरबार स्क्वायर, काठमाण्डौँ दरबार स्क्वाय, बौद्धनाथ स्तुप जस्ता थुप्रै पर्यटकीय क्षेत्र यहाँ रहेको छन् ।

४) जनकपुर


जनकपुरलाई जनकपुत्री सीताको जन्मस्थान र भगवान् रामको विवाह भएको सहरका रुपमा मानिन्छ । यो सहरले आफ्नो सुखद मौसम, उत्सव तथा मन्दिरहरुका कारण प्रत्येक वर्ष लाखौँ मानिसलाई आकर्षित गर्छ । यहाँको जानकी मन्दिर अत्यन्त प्रसिद्ध छ ।

५) लुम्बिनी


नेपालको अर्को घुम्नै पर्ने स्थान लुम्बिनी पनि हो । भगवान् बुद्धको जन्मस्थल यो सहर बौद्ध धर्मको प्रमुख तीर्थस्थल हो । लुम्बिनी विश्व सम्पदा सूचीमा परेको धरोहर पनि हो । लुम्बिनीमा रहेका स्तूप र मठले यो सहरलाई विशेष बनाएको छ । यो स्थानलाई सम्राट अशोकको स्मारक स्तम्भका रुपमा पनि चिनिन्छ ।

६) घान्द्रुक–लान्ध्रुक

घान्द्रुक नेपालको कास्की जिल्लामा अवस्थित गाउँ हो । घान्द्रुक प्राय गरि अन्नपूर्ण हिमाल तथा अन्नपूर्ण संरक्षण क्षेत्र घुम्न आउने नेपाली तथा विदेसी पर्यटकहरुमा एक चिरपरिचित गन्तब्यको रुपमा लिईन्छ।
लान्द्रुक घान्द्रुक जाने मार्गमा पर्छ । घान्द्रूकसम्म जान नचाहने र थोरै समयमा पोखरा वरपरका सहरी व्यस्तताबाट टाढा हुन चाहनेको लागि यो उत्कृष्ट गन्तव्य रहदै आएको छ ।

७) कन्याम, इलाम


कन्याम पूर्वी नेपालको मनोरम पर्यटकीय केन्द्र हो। यो इलाम जिल्लाको सूर्योदय नगरपालिकामा पर्दछ । मनोरम चियाबारी भएको यो पर्यटकीय स्थलमा आन्तरिक तथा बाह्य पर्यटकहरूको घुइँचो लाग्ने गर्दछ। झापा, मोरङ्ग, सुनसरी लगायतका तराईका जिल्ला तथा छिमेकी देश भारतबाट समेत गर्मी छल्न ठूलो सङ्ख्यामा मानिसहरु यहाँ घुम्न र वनभोज गर्न आउँछन् ।

कन्याम बाट श्रीअन्तु, समालबुङ, पशुपतिनगरको हरियाली दृश्य देखिनुकासाथै सगरमाथा, कुम्भकर्ण जस्ता विश्वमै ख्याती प्राप्त हिमालको मनोरम दृश्य देख्न सकिन्छ । कन्याम घुम्न आउने मानिसहरूले घोडा चढेर मनोरञ्जन लिन सक्छन्। दिनहुँ आउने आन्तरिक पर्यटकले घोडा चढेर मनोरञ्जन लिन सक्छन् ।

८) खप्तड राष्ट्रिय निकुञ्ज


खप्तड राष्ट्रिय निकुञ्ज सुदुरपश्चिम प्रदेशका ४ पहाडी जिल्लाहरू बझाङ, बाजुरा डोटी र अछाम जिल्लाको संगम स्थलमा अवस्थित छ। २२५ बर्ग कि.मी.को यो निकुञ्ज बि.स २०४२ मा स्थापना गरिएको हो। समुद्र सतहबाट २४०० देखि ३७०० मिटर उचाइमा फैलिएको खप्तड क्षेत्रको बीचमा उभिएको छ १२ हजार फिट अग्लो खप्तड ताल । सुदूरपश्चिमको भूस्वर्ग भनिने खप्तड डोटी अछाम बझाङ र बाजुराको संगमस्थल हो।

९) माथिल्लो मुस्ताङ


माथिल्लो मुस्ताङ विदेशी पर्यटकका लागि मात्र नभई आन्तरिक पर्यटकका लागि पनि आकर्षणको केन्द्रविन्दु बन्दै गएको छ । मनोरम दृश्यले हरेक मानिसलाई माथिल्लो मुस्ताङले आकर्षित गरिरहेको छ । नेपालको अन्य भौगोलिक बनोटभन्दा फरक माथिल्लो मुस्ताङको प्राकृतिक सौन्दर्यले यो स्थान पर्यटकका लागि आकर्षक गन्तव्य बन्न पुगेको छ ।

१०) अन्नपूर्ण पदमार्ग


अन्नपूर्ण पदमार्गलाई विश्वको चर्चित पदमार्गमध्ये एक मानिन्छ । । यो पदमार्ग विश्वका उत्कृष्ट दश पदमार्गभित्र पर्दछ । त्यसैले यो पदमार्ग विश्वभर परिचित छ । यो पदमार्ग नेपाल आउने विदेशी पर्यटकको पहिलो रोजाइमा पर्ने गर्छ ।

अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङको बेँसीसहरलाई भनिन्छ । बेँसीसहर खुदी, भुलभुले, स्याँगे, जगत हुँदै मनाङ जिल्लाको ताल, बगरछाप, चामे, थोरङपास हुँदै मनाङ पुगेपछि अन्नपूर्ण पदमार्ग सकिन्छ ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *