राष्ट्रिय गौरवका आयोजना बनिसक्दा बदलिनेछ नेपाल र बदलिने छ नेपालीको जीवन
काठमाडौं ।
नेपाल सरकारले विभिन्न २४ ठूला आयोजनालाई राष्ट्रिय गौरवका आयोजनाका रुपमा अगाडि बढाएको छ । अहिले यी मध्ये कतिपय अन्तिम अवस्थामा छन् भने कतिपय सुरुवातको । राष्ट्रिय गौरवका आयोजनालाई सरकारले बजेट र जनशक्तिको अभाव हुन नदिने कानुनी व्यवस्था गरेको छ । कार्यान्वयनका अन्य कानुनी जटिलतालाई पनि सरल बनाइएको छ ।
सरकारले पहिलो पटक आर्थिक वर्ष ०६८÷६९ मा १७ आयोजनालाई राष्ट्रिय गौरवका आयोजनामा सूचीकृत गरेको थियो ।
राष्ट्रिय गौरवका २४ आयोजनाहरु
१. बुढीगण्डकी जलबिद्युत आयोजना
कूल १ हजार २०० मेगावाट विद्युत क्षमताको यो आयोजनाको बाँधस्थल गोरखा जिल्लाको साबिक घ्याल्चोक गाविस सिउरेनिटार र धादिङ जिल्लाको सीमानामा बुढीगण्डकी र त्रिशुली नदीको बायाँ किनार कल्लेरिमा रहेको छ ।
२.मेलम्ची खानेपानी आयोजना
मेलम्ची खानेपानी आयोजना सम्पन्न भएको गौरवको आयोजना मध्येको एक हो । यस आयोजनाको सुरुवात आर्थिक वर्ष २०५८÷५९ मा भई आ.व. ०६४÷६५ मा सम्पन्न गर्ने लक्ष्य रहेको भएपनि धेरै ढिला गरी सम्पन्न भएको हो । अहिले काठमाण्डौमा मेलम्चिको खानेपानी वितरण कार्य भईरहेको छ ।
३. सिक्टा सिंचाई
सिक्टा सिंचाई आयोजनाबाट बाँके जिल्लाका ४३ हजार हेक्टर कृषियोग्य भूमिमा सिंचाई सुविधा पु¥याउने लक्ष्य छ । केही वर्ष अघि निर्माण सकिएर परिक्षणका क्रममा बाँध भत्किएपछि अहिले यसको कार्य रोकिएको छ ।
४. बबई सिंचाई आयोजना
बर्दिया जिल्लाका करिव ३६ हजार हेक्टर कृषियोग्य भूमिमा सिंचाई सुविधा पु¥याउने लक्ष्य सहित यो आयोजना सुरु गरिएको हो ।
५. रानीजमरा कुलरीया सिंचाई आयोजना
कैलाली जिल्लाका ३८ हजार ३ सय हेक्टर कृषियोग्य भूमिमा सिंचाई सुविधा पु¥याउने लक्ष्य रहेको यस आयोजनाको काममा ६० प्रतिशत प्रगति भएको छ ।
६. भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना
सुर्खेत, बर्दिया र बाँके जिल्लालाई समेटेर उर्जा, सिंचाई, शहरी विकास र जलाधार संरक्षणलाई एकसाथ योगदान पु¥याउने लक्ष्य राखेको यो आयोजनाको भौतिक प्रगति करिव ५० प्रतिशत भएको छ ।
७.माथिल्लो तामाकोशी जलविद्युत आयोजना
दोलखा जिल्लाको लामाबगरस्थित तामाकोशी नदीमा स्वदेशी लगानीमा ४५६ मेगावाट क्षमताको जलविद्युत उत्पादन गर्ने लक्ष्य साथसुरु गरिएको यो आयोजना पुरा भएको छ ।
८. पश्चिम सेती जलबिद्युत आयोजना
९. गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा
रुपन्देही जिल्लामा अवस्थित अहिले भइरहेको गौतमबुद्ध विमानस्थल निर्माणकार्य सम्पन्न भई सञ्चालनमा आएको छ ।
१०.पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल
पोखरा महानगरपालिकामा रहेको यो विमानस्थल निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ ।
११. दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, निजगढ
बारा जिल्लामा प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल वन क्षेत्रभित्र रहेको रुख कटान गर्न अनुमति प्राप्त नभएको र मुआब्जाका लागि सबै घरधनीबाट हकदाबीको काम सुरु नै हुन नसकेको कारण काम अगाडि बढ्न सकेको छैन ।
१२. लुम्बिनी विकास कोष
लुम्बिनीलाई बौद्धमार्गी एवं शान्तिप्रेमी जनसमुदायको अन्तर्राष्ट्रिय केन्द्र निर्माण गर्ने लक्ष्य यस कोषले राखेको छ ।
१३ . पुष्पलाल (मध्य पहाडी) लोकमार्ग
करिव १ हजार ७ सय ७६ कि.मी. लम्बाई रहेको यो लोकमार्गले मध्यपहाडी क्षेत्रका जिल्लाहरुलाई यातायात सञ्जालमा जोडेर आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटकीय र शैक्षिक विकासमा योगदान गर्ने अपेक्षा गरिएको छ ।
१४. रेल्वे तथा मेट्रो विकास आयोजना
रेल्वे तथा मेट्रो विकास आयोजनाले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म कूल ९४६ कि.मि. लामो रेल सञ्जाल निर्माणको लक्ष्य लिएको छ । यस आयोजनाको कूल लागत ६९ अर्ब ५२ करोड रहेको छ ।
१५. हुलाकी लोकमार्ग
हुलाकी लोकमार्ग आयोजनाले पूर्वमा झापादेखि पश्चिममा कञ्चनपुर दोधारा चाँदनीसम्मको भू–भागलाई जोड्ने गरी निर्माण भईरहेको छ ।
१६. उत्तर दक्षिण (कोशी) लोकमार्ग
यो आयोजनाले तेहथुम जिल्लाको वसन्तपुरदेखि मुलुकको उत्तरी सीमाना किमाथाङ्कासम्मको १६२ कि.मि. सडक निर्माण एवं स्तरोन्नति गर्ने लक्ष्य लिएको छ ।
१७. उत्तर दक्षिण (कालीगण्डकी कोरिडोर) लोकमार्ग
कूल लम्बाई ४३५ कि.मी. रहेको यस आयोजनाले नवलपरासी, पाल्पा, तनहूँ, स्याङजा, गुल्मी, बाग्लुङ्ग, पर्वत र म्याग्दी जिल्ला समेटेको छ ।
१८. उत्तर दक्षिण (कर्णाली) लोकमार्ग आयोजना
यस आयोजनामार्फत खुलालु–सिमिकोट (हुम्ला) खण्डमा करिब १ सय ९६ कि.मि. र हिल्सा–सिमिकोट खण्ड (हुम्ला) ८८ कि.मि. सडक निर्माण गर्ने लक्ष्य रहेको छ ।
१९ काठमाडौं, तराई–मधेस द्रुतमार्ग (फास्ट ट्रयाक)
निजगढदेखि काठमाडौंसम्म चार लेनमा निर्माण भईरहेको यो सडकको कूल लम्वाई ७६.४ कि.मि. रहेको छ । यो सडकलाई तराईका जिल्लाहरुलाई काठमाडौंसँग जोड्न द्रुतमार्गको रुपमा लिइएको छ ।
२०. पशुपति क्षेत्र विकास कोष
पशुपति क्षेत्रलाई धार्मिक, सांस्कृतिक एवं पर्यटनको नमूना क्षेत्रका रुपमा विकास गर्ने लक्ष्य साथ यो आयोजना सुरु गरिएको हो ।
२१ राष्ट्रपति चुरे संरक्षण कार्यक्रम
२२.महाकाली सिँचाई आयोजना
२३.विद्युत प्रसारण आयोजना
नेपाल सरकार र अमेरिकी सरकारी निकाय मिलिनियम च्यालेन्ज कर्पोरेशन एमसिसीवीच नेपालको उर्जा र यातायात क्षेत्रमा सुधार गर्न सम्झौता भंग भएसंगै यो आयोजनाको भविष्य अनिश्चित बनेको छ ।
२४.गल्छी–त्रिशुली–मैलुङ्ग–स्याफ्रुबेसी–रसुवागढी सडक
पर्साको ठोरी हुँदै नेपाल–भारत–चीन त्रिदेशीय पारवाहन मार्गका रूपमा विकास गर्न यो आयोजना निर्माण भैरहेको छ ।
