जीवनमार्ग सिद्धवावा टनेल
बुटवलबाट पाल्पा, गुल्मी, पोखरा, अर्घाखाँचीको पूवीभाग र वाग्लुगको पश्चिम भागमा पुग्ने महत्वपूर्ण माग हो सिद्धार्थ राजमार्ग । यही बाटोमा रहेको सिद्धबाबामा वर्षको समय होस वा अन्य समयमा ज्यान जोखिममा पारेर हिड्नुपर्ने बाध्यताको अन्त्य हुने भएको छ । ठेक्का भएको करिब तीन वर्षपछि ‘ब्रेक थ्रु’ भएको यहाँको टनेल मार्फत गाडी गुड्न थालेपछि यस क्षेत्र भएर याद्दा गर्ने यात्रुहरुको जीवनको जोखिम र डर हट्नेछ ।
यसको करिव १ हजार १ सय २६ मिटर लम्वाई रहेको छ । यो सडक खण्डमा बारम्बार पहिरो खसेर दुर्घटना बढ्न थालेपछि विकल्पका रूपमा सुरुङ निर्माण थालिएको थियो ।
निर्माणका क्रममा कुनै समस्या आइनपरे ०८४ मंसिरदेखि सुरुङमार्गबाट सवारीसाधन सञ्चालन गर्ने तयारीका साथ काम भइरहेको छ ।
