टेलिकम र एनसेलले तिर्न थाले फ्रिक्वेन्सीको बक्यौता

 टेलिकम र एनसेलले तिर्न थाले फ्रिक्वेन्सीको बक्यौता

मोबाइल सेवा प्रदायक कम्पनी नेपाल टेलिकम र एनसेलले फ्रिक्वेन्सीको बक्यौता तिर्न थालेका छन् । नेपाल टेलिकमले ३५ करोड र एनसेलले ३६ करोड रूपैयाँ २ हजार १ सय मेगाहर्ज फ्रिक्वेन्सीको बक्यौता बुझाएका छन् ।

अझै पनि दुई टेलिकम कम्पनीले करिब १ अर्ब ५० करोड रूपैयाँ बढी दस्तुर बुझाउन बाँकी रहेको छ । यद्यपी मूल्यांकन हुन भने बाँकी नै छ ।

३५ करोड बक्यौता बुझाएपछि टेलिकमले विदेशी मुद्रा सटही र उपकरण आयातको सुविधा पाइसकेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले आर्थिक वर्ष २०६४.०६५ मा थ्रीजी सेवा सञ्चालनका लागि नेपाल टेलिकमलाई १५ वर्ष र एनसेललाई १४ वर्षका लागि २ हजार १ सय मेगाहर्ज फ्रिक्वेन्सी उपलब्ध गराएको थियो ।

त्यस समय, प्राधिकरणले प्रति मेगाहर्ज वार्षिक १ करोड २० लाख रुपैयाँ दर तोकेको थियो ।

नयाँ नीति अनुसार नेपाल टेलिकमले थप ९० करोड र एनसेलले ८४ करोड रुपैयाँ तिर्नुपर्ने देखियो । तर पुरानो बक्यौता तिर्न अटेर गरेपछि प्राधिकरणले २०८० फागुनदेखि विभिन्न सुविधा रोक्का गरेको थियो ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *