सम्भव छ, दुवै खुट्टा गुमाएकी दिपा राना

 सम्भव छ, दुवै खुट्टा गुमाएकी दिपा राना

जसको नेतृत्वमा १३ सय ५० बढी महिला एकीकृतहुँदै २० करोड भन्दा बढि पूँजी परिचालन गरिरहेका छन्

सोचेजस्तो जीवन हुने भए सायदै मान्छेहरुले जीवनमा दुख रोज्थेहोला । तर समयले कतिपय मानिसहरुलाई जीवनभर नभुल्नेगरी जवरजस्त दुख र पिडा दिन्छ । सुर्खेतको गुमीकी दिपा रानाको जीवनमा पनि यस्तै भयो । आफ्नो खुट्टा काट्न आफै साक्षी बसेकी दिपा रानाको जीवन कति संघर्षले भरिएको छ भन्ने कुरा सुनिसाध्य छैन् ।
सुन्दा पनि मन थाम्न गाह्रो हुने दिपा रानाको जीवनको संघर्षको भोगाई कित उहाँलाई थाहा छ, कि त उहाँको आमा र बुवालाई । अब हामी तपाईहरुलाई सुर्खेतको विरेन्द्र नगर, भेरी नदी पुल हुँदै छिन्चु पार गरी सुर्खेतको गुमीमा १३ सय ५० भन्दा बढि महिला दिदिवहिनीहरुको जीवनमा रुपान्तरण र सम्भावनाको ढोका खोल्न सफल हुनुहुन्छ ।
पहिले आधा जस्तो लाग्ने दिपा अहिले सग्लो र सिंगो हुनुभएको छ । दिपालाई यसरी हिडेको देख्ने कुरा सपनाजस्तै लाग्ने उहाँका बुवा भन्नुहुन्छ अहिले आफ्नै अगाडि छोरी अरु मान्छेजस्तै हिडेको देख्दा खुब खुसी लाग्छ ।

विहानको ७ः३० बजेबाटै दिपाको अफिस सुरु भईसकेको थियो । अर्थात दिपाको मोवाईलमा संस्थासंग सम्वन्धित कामका बारेमा महिला दिदि वहिनीहरुको फोन आईरहेको हुन्छ ।

हेर्दा सामान्य मानिसजस्तै देखिने र हिड्ने दिपा संस्थाको कामगर्न घण्टौं उकालो चढ्नुभएको छ भने घण्टौं ओरालो झर्नुभएको छ । उकालो ओरालो गर्दा खुट्टामा खुब दुखाई हुन्थ्यो र अहिले पनि हुन्छ । तर उहाँले आफ्नो दुखाई कहिल्यै कसैसंग सुनाउनुभएन । दुख्यो भन्यो भने जागिर छाड्नु पर्ला, महिला दिदिवहिनीहरुको बीचमा काम गर्न नपार्ईएला भनेर दिपाले कहिल्यै आफ्नो दुखाईको बारेमा नभन्नुभएकोरे । दुई हातले घिस्रेर स्कुल जान सुरु गर्नुभएकी दिपाले, विभिन्न संस्थाको सहयोगमा खुट्टा पाएपनि त्यती राम्रो भएन । तर अहिलेको खुट्टा भने राम्रो छ । सहजै हिड्न सक्ने दिपालाई खुट्टा खोल्दा मात्र आफु अपाङग छु जस्तो लाग्छ ।

काभ्रेको बनेपा अस्पताल वस्दाको विगत सम्झँदै दिपा भन्नुहुन्छ, अस्पतालमा अरुका आफन्त भेट्न आउँथे, तर मोरो भने कोही आउँथेन ।
अहिले उहाँलाई जहाँ जान पनि अप्ठेरो लाग्दैन । तर एक दुई दिनका लागि कतै जानुपरे उहाँलाई सबैभन्दा ठूलो चिन्ता ट्वाईलेटको हुने गर्छ ।

२०६७ सालामा सहभागितामूलक सिकाई केन्द्र ९पिएल सी० कक्षा सञ्चालन गरेर गाउँका दिदी वहिनिहरुलाई साक्षर बनाउन सफल दिपा कै नेतृत्वमा २०६७ सालमा सहकारी संस्था स्थापना भयो । २०७९ सालमा हस्तान्तरण भई तत्कालिन साना किसान विकास बैंक ९हालको साना किसान विकास लघुवित्त वित्तीय संस्था० मा आवद्ध भएको संस्था चलाउने क्रममा छिमेकीहरुबाटै दिपालाई व्यक्तिगत मात्र होईन पारिवारीक रुपमा समेत हतोत्तसाहि बनउने प्रयास गरियो ।

आफुभित्रको आँट, भरोसा र विश्वासले हिम्मत नहारेकी दिपा राना भन्नुहुन्छ, अरुका कुरा सुनेर हिम्मत हारेको भए आज पनि म अपाङग नै भएर बाँच्थेहोला । तर उहाँको हिम्मतकै कारण आज संस्था ठूलो बन्दै गएको छ, आफ्नै भवन बनाउन सफल हुनुभएको छ ।

विहान देखी साँझैसम्म दिपासंगै काम गर्ने सहायक प्रवन्धक मायाँ सिँजापती कार्यालय व्यवस्थापन देखी गाउँका दिदी वहिनीहरुलाई उत्प्रेरणा थप्न दिपाको भूमिका महत्वपूर्ण रहेको छ भन्नुहुन्छ ।

संस्थामा आवद्ध धेरै महिला दिदिवहिनीहरु अहिले व्यवसायीक बन्नुभएको छ । दिपा व्यवसाय गरिरहुनभएको दिदी वहिनीहरुलाई थप हौसला प्रदान गर्न र व्यवसाय अनुगमन गर्न आफै फार्ममै पुग्नुहुन्छ । साना किसान सहकारी संस्थाका बारेमा बुझाएर आफुहरुलाई आयआर्जनसंग जोड्न दिपाले खेल्नुभएको महत्वपूर्ण भूमिका प्रति धन्यावाद व्यक्त गर्नुहुन्छ ।

गाउँकै आनन्द उच्च मावीमा कक्षा १२ सम्मको अध्ययन सक्काउनु भएकी दिपाले सुर्खेतको विरेन्द्र नगरमा रहेको शिक्षा बहुमुखी क्याम्पसबाट नेपाली विषयमा ब्यचलर पास गर्नुभएको छ । अरु भन्दा फरक क्षमता भएपनि दिपाको पढाई प्रतिको लगाब र आफैप्रतिको विश्वासका कारण अहिले एक सफल व्यवस्थापक बनेको शिक्षकहरुको बुझाई रहेको छ ।

जीवनमा आशा, उर्जा, उमंग, अठोट, विश्वास र भरोसा बोकेर हिड्नेहरु जस्तोसुकै परिस्थितीमा पनि आफुलाई अगाडि बढाईरहन्छन् । सधै सहज र ठिकठाक दिन र दैनिकी कसैको हुँदैन । कठिन परिस्थितीमा पनि आफ्नो लक्ष्य पुरा गर्न प्रतिवद्ध यि दुवै खुट्ट गुमाउनुभएकी दिपा राना विभिन्न समयमा राष्ट्रिय तथा अन्तराष्ट्रिय अवार्ड र पुरस्कार बाट सम्मानित हुनुभएको छ ।

सामान्य आय आर्जनका लागि गाउँ छाडेर सहर र सहर छाडेर विदेश पलायन हुनेहरुका बीचमा सुर्खेतको गुमीमा श्रम, सिप र आर्थिक उपार्जनको सुगन्ध फैलाउँदैछन् परिवर्तन महिला साना किसान कृषि सहकारी संस्था लिमिटेड र प्रवन्धक दिपा राना । युवालाई उद्यमसंग जोड्दै आयआर्जनमा संलग्न बनाउन साना किसानले भूमिका खेलेको त छ नै, दिपा रानाको सक्रियता र सफलताले धेरै युवा तथा महिला दिदी वहिनीहरुमा सम्भव छ भन्ने विश्वासको विकास गरेको छ ।

देशका ७६ जिल्लामा १४ सय भन्दा बढि साना किसान कृषि सहकारी मार्फत लाखौंको बीचमा पुगेको साना अभियानको यो एउटा प्रतिनिधि घट्ना मात्र हो यस्तै सयौं र हजारौं महिला तथा युवाहरु अहिले उद्यमी बनिसकेका छन् ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *