सानिमा रिलायन्स लाइफको ८ प्रतिशत लाभांश साधारणसभाबाट स्वीकृत
आहा खबर संवाददाता , सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडको ८ औँ वार्षिक साधारण सभा सम्पन्न भएकोछ ।
काठमाण्डौमा भएको साधारणसभाबाट ८% नगद लाभांश र १.२४५ बोनस सेयर वितरण गर्ने निर्णय स्वीकृत पारित भएको छ ।
साधारणसभाले कम्पनीको चुक्ता पूँजी रु. ५.०१ अर्ब पुर्याउने प्रस्ताव पारित गरेको छ । साधरणसभा संस्थाका अध्यक्ष रतनलाल केडियाको अध्यक्षतामा सम्पन्न भएको हो ।
कम्पनीको नियमावली संशोधन समेत पारित गरिएको छ ।
संस्थाले हासिल गरेको उपलब्धिले शुशासन, वित्तीय सुदृढता र लगानीकर्ता हितप्रति प्रतिबद्धता जनाएको छ ।
आगामी दिनमा संस्थाले आफ्नो कामलाई नवीनता, उत्कृष्ट सेवा र बजार नेतृत्व मा केन्द्रित रहँदै ग्राहक र व्यवसायिक साझेदारहरूलाई अझ राम्रो सेवा दिन प्रतिबद्ध रहेको उल्लेख गरेको छ ।
