सहकारी अभियानमा नेता मात्र भएर हुँदैन सुधारका लागि काम गर्नुपर्छ, भिडियोसहित

सहकारी सुधारका विषयमा महासंघमै मतभेद भयो
सहमति जुट्न सकेन

राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष, नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. तथा साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. का अध्यक्ष खेम बहादुर पाठकले सहकारी क्षेत्र विग्रनुमा सहकारी अभियान बढि दोषी भएको बताउनुभएको छ । उहाँले सहकारी अभियानमा नेता हुने तर आफ्नो तलको संस्थाको बारेमा कुनै चिन्ता नगर्ने नेतृत्वकका कारण समस्या भएको बताउनुभएको छ । जहाँ समस्या छ त्इहाँ कि बढि जान्ने भएर हो कि जान्दै नजानेर हो, उहाँले भन्नुभयो ठिकठाक चलिरहेका सहकारीमा कुनै समस्या छैन । आहा खबरसंग कुरा गर्दै अध्इक्ष पाठकले समस्या आएपछि सदस्य र संस्थाको बीचमा जाउँ भन्दा पनि महासंघका अन्य साथीहरुले स्वीकार गर्नुभएन त्यसैले एक्लै सहकारी सुधार अभियानमा लागेको छु। देशव्यापी रुपमा आफुले सहकारी सुधार अभिायन सञ्चालन गरेको बताउँदै उहाँले जो जहाँ जति जिम्मेवारीमा छ उसले त्यती जिम्मेवारी लिने हो भने कुनै समस्या नहुने बताउनुभयो ।
सहकारी सुधार तथा जागरण अभियानसंगै समस्याग्रस्त सहकारी कसले सञ्चालन गरेको हो कसरी सञ्चालन भएका छन् भन्ने बारे राम्रोसंग जानकारी लिएर मात्र धारणा निर्माण गर्नुपर्ने भन्दै समग्र सहकारीलाई एउटै नजरबाट नहेर्न अनुरोध गर्नुभयो ।
उहाँसंग गरिएको कुराकानीमा आधारीत सामग्री भिडियोमा प्रस्तुत गरिएको छ ।

सहकारीमा किन समस्या आयो ? सहकारी क्षेत्रमा समस्या आउनुमा अभियान र सरकार मध्ये दोषी को ? अब सहकारी क्षेत्रको सुधारका लागि कसले के गर्नु पर्छ ?

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *