देशव्यापी सहकारी जागरण अभियान अन्तर्गत बुटवलमा कार्यक्रम सम्पन्न

 देशव्यापी सहकारी जागरण अभियान अन्तर्गत बुटवलमा कार्यक्रम सम्पन्न

बुटवल । देशव्यापी सहकारी जागरण अभियान सञ्चालन गरिरहनुभएका नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. एवम् साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. का अध्यक्ष खेम बहादुर पाठकले सहकारी सुधारका लागि सबैले आआफ्नो स्थानबाट आफ्नो जिम्मेवारी र दायित्व पुरा गर्नुपर्नेमा जोड दिनुभएको छ ।

बुटवल शाखा कार्यालय अन्तरगतका २८ वटा संस्थाका २ सय ६० जना भन्दा बढि सञ्चालक, लेखा समिति, कर्मचारी लगायतको सहभागितामा भएको कार्यक्रममा अध्यक्ष पाठकले इमान्दारीताका साथ आफ्नो जिम्मेवारी पुरा गर्न सबैलाई निर्देशन दिनुभयो । उहाँले वर्तमान अवस्थामा सहकारी सुधारका लागि केन्द्रीय नेतृत्वले आफुजिम्मेवार भएर अभियान सञ्चालन गर्न सके अरुतर्फ औँला फर्काउन नपर्नेमा जोड दिनुभयो ।

सहकारी अभियानमा समस्या आउनुमा नेतृत्वको कमजोरी पनि एउटा मुख्य कारण रहेको भन्दै आफ्नो सहकारी आफै धुधार्ने परिपाटीको विकास गर्नुपर्नेमा जोड दिनुभयो । सहकारीका सदस्य मुख्य पिलर रहेको भन्दै उहाँले सदस्यहरुपनि जागरुक भएर आफ्नो सहकारी कुन रुपमा सञ्चालन भएको छ भन्ने बारेमा जानकारी लिने हुनुपर्ने बताउनुभयो ।
यसैगरी कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका सञ्चालक टिका न्यौपाने, नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. का सञ्चालक राम प्रसाद रेग्मी, झुपा न्यौपाने, साना, प्रदेश कृषि सहकारी संघका अध्यक्ष तथा पदाधिकारीहरु, जिल्ला कृषि संघका अध्यक्ष तथा पदाधिकारीहरु, साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय बुटवलका शाखा प्रमुख तथा विभिन्न संस्थाका सञ्चालक लगायतको सहभागिता रहेको थियो ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *