‘ईद उल फित्र’ सबैलाई शुभकामना, देशभर सार्वजनिक विदा

 ‘ईद उल फित्र’ सबैलाई शुभकामना, देशभर सार्वजनिक विदा

काठमाडौ। इस्लाम धर्मावलम्बीहरूका लागि सबैभन्दा पवित्र महिना रमजानको समापनसँगै संसारभरका मुस्लिम समुदायले आज ईद उल फित्र अर्थात ईद मनाउँदै छन्। हिजरी पात्रो अनुसार रमजानको अन्त्यमा मनाइने यो पर्व प्रार्थना, भेटघाट, नयाँ लुगा र मिठाइ आदान-प्रदान गरेर उत्सवको रूपमा मनाउने गरिन्छ ।

नेपालमा सरकारले इस्लाम धर्मावलम्बीको पर्व ईदका अवसरमा सार्वजनिक बिदा दिएर यसलाई राष्ट्रिय पर्वको रुपमै महत्व दिएको छ । गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव रामचन्द्र तिवारीका अनुसार, २०८० माघ २९ को नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार आज सार्वजनिक बिदा दिइएको हो ।
ईद अल–फित्र इस्लाम धर्मावलम्बीहरूको महत्वपूर्ण पर्व मानिन्छ, जुन रमजान महिनाको समाप्तिको संकेतस्वरूप मनाइन्छ। रमजानको अवधिमा धर्मनिष्ठ मुस्लिमहरूले प्रत्येक दिन बिहानको झिसमिसेदेखि साँझको सुर्यास्तसम्म रोजा (उपवास) राख्ने गर्छन्।

यो महिना ईबादत, दान–पुण्य र सदाचारका लागि विशेष मानिन्छ। एक महिना रमजानको व्रत बसेको र यस महिनामा आफुलाई इस्लाम धर्मले बर्जित गरेको कामबाट अलग राख्न सकेको तथा धेरै भन्दा धेरै पुन्यको काम गरेको खुसीमा ईदको खुसियाली मनाउने गरिन्छ ।

ईदको नमाज पढ्नुअघि गक्ष भएकाहरुले तोकिएको निश्चित रकम (जकात फित्रा) अर्थात दानको रुपमा छुट्याउने गर्दछन र यस्तो रकम आफु निकटको सबै भन्दा बढी गरिबमाझ वितरण हुने गर्दछ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *