प्रधानमन्त्री थाइल्याण्ड जाने, ८ वटा समझदारीपत्रमा हस्ताक्षर गरिने
प्रधानमन्त्री केपी शर्मा ओली आज मंगलबार थाइल्याण्ड जाँदैहुनुहुन्छ ।
थाइल्याण्डमा हुने बिमस्टेक सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल आज थाइल्याण्ड प्रस्थान गर्न लाग्नुभएको हो।
थाइल्याण्डमा नेपालका प्रधानमन्त्रीबाट हुन लागेको यो पहिलो औपचारिक भ्रमण हो। भ्रमणका क्रममा प्रधानमन्त्री ओलीको र थाइल्याण्डका नरेश एवम३ समकक्षीसँग भेटवार्ता हुनेछ ।
थाइल्याण्डका नरेशसँग पर्यटन र संस्कृतिका सन्दर्भमा दुई समझदारीपत्रमा हस्ताक्षर हुनेछ। दुई प्रधानमन्त्रीको उपस्थितिमा गैरसरकारी क्षेत्रबीच ६ समझदारी पत्रमा हस्ताक्षर हुनेछ।
बिमस्टेक शिखर सम्मेलनलाई चैत २२ गते सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सम्बोधनलगत्तै विभिन्न मुलुकका नेताहरुसँग सम्भव भएसम्म साइडलाइन वार्ता गर्ने तयारी रहेको पञ्धानमन्त्रीको सचिवालयले जनाएको छ ।
