अब १८ घण्टा चल्छ विमानस्थल, भाडा शुल्क घट्ला ?
काठमाडौं । निर्माण र स्तरउन्नतीका कारण लामो समय उडान समय घटाएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबारदेखि उडान संख्या बढेको छ ।
मंगलबार उडान समय लम्बिएसँगै विगतमा कटौती भएका सबै उडान अब सामान्य अवस्थामा फकिर्ने छन् । यसले हवाई भाडासमेत घट्ने अपेक्षा गरिएको छ । सिमित समयमा उडान हुँदा हवाई भाडा समेत बढेको थियो । यसैगरी नेपालमा अन्तराष्ट्रिय थप २ वटा विमानस्थलपनि निर्माण सम्पन्न भई सञ्चालन भईरहेका छन् । तर ति विमानस्थलमा उडान नियमित हुन सकेको छैन । पोखरा र भैरहवा विमानस्थलबाट नियमित उडान गर्न सके अहिले काठमाण्डौमा भइैरहेको इएर ट्राफिक कम हुने निश्चित छ । यसैगरी कम उडान हुदा महँगो पर्ने टिकटको मुल्य पनि घट्ने धेरैले विश्वास लिएका छन् ।
सोहीकारण प्राधिकरणले अब वायुसेवा कम्पनीलाई काठमाडौं छाडेर अन्त जाऊ भन्ने बहाना समेत सकिएको हो ।
