सत्यनिरुपण तथा मेलमिलाप आयोग पदाधिकारीमा १९ जनाले दिए आवेदन

 सत्यनिरुपण तथा मेलमिलाप आयोग पदाधिकारीमा १९ जनाले दिए आवेदन

काठमाडौँ । संक्रमणकालीन न्याय सम्बन्धी दुई आयोग बेपत्ता पारिएका व्यक्तिको छानबिन तथा सत्य निरूपण र मेलमिलाप आयोगको पदाधिकारी बन्न १९ जनाले निवेदन दिएका छन् । दुवै आयोगको अध्यक्षसहित सदस्यहरूका लागि १० दिनको समयमध्ये सात दिनमा १९ जनाले आवेदन दिएको बताइएको छ ।
सरकारले चैत ११ गते सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नेतृत्वमा सर्च कमिटी गठन गरेको थियो । समितिमा पूर्व महान्यायाधिवक्ता खम्मबहादुर खाती, अर्जुन कार्की र स्टेला तामाङ राष्ट्रिय मानवअधिकार आयोगका तर्फबाट डा.लिली थापा सदस्य छन् । कमिटीलाई आयोगका अध्यक्ष तथा सदस्यहरू छनोट गर्न २ महिनाको समय दिइएको छ ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *